‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधी व्यवस्था विभागलाई सिफारिस – Nepalboli

‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधी व्यवस्था विभागलाई सिफारिस

   २०८१ असार ४, मंगलवार  

काठमाडौँ महानगरपालिकाले महाराजगन्जको शिक्षण अस्पतालको प्राङ्गणमा रहेको पानोर्मा फार्मेसी’लाई कारबाहीको सिफारिस गरेको छ। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारबाही गर्न माग गर्दै औषधी व्यवस्था विभागलाई पत्र पठाएको हो।

उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा म्याद सकिएका औषधी बरामद भएपछि महानगरपालिकाले यस्तो सिफारिस गरेको हो।

फार्मेसी सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेको महानगरपालिकाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै