पार्टीलाई संगठनको आवश्यक भएको महसुस भएको छ- स्वर्णिम वाग्ले – Nepalboli

पार्टीलाई संगठनको आवश्यक भएको महसुस भएको छ- स्वर्णिम वाग्ले

   २०८१ असार १, शनिबार  

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महसुस गरेको बताएका छन्। आज (शनिबार) काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए।

‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौं’, उनले भने, ‘अब कार्यकर्ता नै चाहिँदैन, पिओरली मासबेस पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन। यसैले यी दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्नेछ।’ उनले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गरे। उनले संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताए।

‘संगठन चाहिँदो रहेछ भन्ने कुरा, काठमाडौंमा अलि सजिलो होला। तर अन्य जिल्लाहरुमा त्यो हामीले देखिसक्यौं’ उनले भने, ‘तनहुँमै देख्यौँ, अस्ती सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ। संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो।’ उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए। उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै