माधव नेपालसँग प्रम प्रचण्ड र एमाले अध्यक्ष ओलीले गरे छलफल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालसँग ओली र प्रचण्डले छलफल गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए ।
नेपाल दुुई दिन अगामी मात्रै काग्रेस सभापति शेबहादुर देउवा संग जसपा र लोसपा अध्यक्ष सहितको सामुहिक छलफलमा बसेका थिए । जस कारण वर्तमान गठबन्धन भित्र नेपाललाई लिएर प्रश्न उठेका थिए । आजको छलफलको क्रममा सत्तारुढ दल भएपनि नेपाल बूढानीलकण्ठस्थित देउवाको निवासमा नेपाल पुगेको बारेमा पनि छलफल भएको बताइएको छ ।
छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’