कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष लामा प्रहरी नियन्त्रणमा – Nepalboli

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष लामा प्रहरी नियन्त्रणमा

   २०८१ जेष्ठ १८, शुक्रबार  

एक्लैले गरेका थिए एक अर्बभन्दा बढी रकम अपचलन

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । फरार सूचीमा रहेका लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामालाई काठमाडौं ल्याउँदै गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनी अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष हुन । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल भने यसअघि नै पक्राउ परिसकेका छन् ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालक विरुद्ध अहिलेसम्म ३ सय ५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको ठगीको मुद्दामा पूर्वअध्यक्ष रहेका सिबी लामा एक्लैले निक्षेपकर्ताको एक अर्ब भन्दा बढी रकम ठगी गरेको अनुसन्धानमा उल्लेख छ ।

कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आकर्षक ब्याज दिन्छु भन्दै निक्षेपकर्तालाई फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई डिपोजिटको रकम फिर्ता नगरी अन्यत्र घर जग्गा, होटल, रेष्टुरेन्ट, रिसोर्ट, अस्पतालमा लगानी गरेका थिए ।

लामो समयदेखि अध्यक्ष रहेका सिबी लामा नै मुख्य भूमिकामा देखिएका थिए । निक्षेपकर्ताको रकममध्ये सिबी लामा एक्लैले १ अर्बभन्दा बढी रकम व्यक्तिगतरुपमा अपचलन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै