काठमाडौमा देशभरका नेता कार्यकर्ताको भेला गर्दै राजेन्द्र महतो – Nepalboli

काठमाडौमा देशभरका नेता कार्यकर्ताको भेला गर्दै राजेन्द्र महतो

   २०८१ जेष्ठ २, बुधबार  

राष्टिय मुक्ति क्रान्ति अभियान संचालन गर्दै आईरहेका नेता राजेन्द्र महतोले देशभरका आफना समर्थक नेता तथा कार्यकर्ताहरुको काठमाडौमा भेला डाकेका छन । भोली विहिवार देखि काठमाडौमा सुुरु हुने महतोको यो भेला तीन दिने रहेको अभियानले जनाएको छ । भेलामा देशभरका अगुवा नेता तथा कार्यकर्ता सहभागी हुने अभियानका नेता संतोष मेहताले जानकारी दिएका छन ।

लोसपा परित्याग गरेर पछिल्लो समय राष्टिय मुक्ति क्रान्ति अभियान चलाईरहेका महतोले मधेश सहित आदीवासी जनजातीहरुको संयुक्त सहभागीतामा काठमाडौमा तीन ओटा प्रर्दशनहरु समेत गरेका छन । त्यसको साथै गएको फागुन देखि चैत सम्ममा महतोले पुर्वको मेची देखि महाकाली सम्म पुुगेर प्रक्षिषण कार्यक्रम समेत चलाएका थिए ।

अभियानका नेता मेहताका अनुसार काठमाडौ केन्द्रित प्रर्दशन र सबै जिल्लाको प्रक्षिणण सकिए पछि महतो अगामी रणनिती वारेमा छलफल गर्न आफना समर्थक रहेका देशभरका नेता तथा कार्यकर्ताहरुलाई काठमाडौमा बोलाएर भेला गर्न लागेका छन ।

भेलामा सहभागीहरुले दिने सुुझावका आधारमा महतोले आफनो अगामी रणनिती बनाउने अभियानले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै