सभामुख र प्रमुख सचेतकहरु विचमा छलफल
संसदमा नीती तथा कार्यक्रम प्रस्तुत हुुनुभन्दा अघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरु संग छलफल गरेका छन । नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि उनले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै भने, ‘राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदका बिजनेस प्रभावित हुने देखिएको छ । संवैधानिक संकट हुने अवस्था नआओस् ।’
छलफलमा कांग्रेसकी सचेतक सुशीला थिङले नेपाली कांग्रेस संसदीय दलले नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने बताएकी थिइन् । ‘छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ’, उनले भनिन् ।
सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै उनीमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेले संसद् अवरोध गर्दैं आएको छ । यद्यपि, मंगलबार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पाठ गर्न आह्वान गरिएको संघीय संसद्को संयुक्त बैठक भने अवरोध नगर्ने निर्णय कांग्रेसले लिएको छ ।