जसपा नेता प्रदीप यादवद्धारा स्वाथ्यमन्त्रीको सपथ तथा पदभार ग्रहण – Nepalboli

जसपा नेता प्रदीप यादवद्धारा स्वाथ्यमन्त्रीको सपथ तथा पदभार ग्रहण

   २०८१ बैशाख ३१, सोमबार  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी पार्टीको तर्फबाट यादव स्वास्थ्यमन्त्री बन्नुभएको हो। उपेन्द्र यादवले राजीनामा दिनुभए लगत्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई स्वास्थ्यमन्त्री नियुक्त गर्नुभएको हो।

सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त मन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले सोमबार प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना खानलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो।

प्रवक्ता भट्टराईका अनुसार २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रदीप यादव र हसिना खानलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार तोक्नुभएको हो।

राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त स्वास्थ्य मन्त्री यादवले शपथ लिनुभएको हो ।

त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष स्वास्थ्य राज्यमन्त्री हसिना खानले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनियताको शपथ लिनुभएको हो।

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट अतिथिको उपस्थिति थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै