दुुई महिना मै सरकारबाट बाहिरियो जसपा नेपाल
उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ। जसपाबाट सरकारमा सहभागी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिएका छन्।
यस्तै उनको पार्टीबाट सरकारमा राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्। दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो। मधेशमा पनि जसपा नेतृत्वको सरकारलाई माओवादी र एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको गृहकार्य थालेका छन्।
गएको फागुनमा प्रधानमन्त्री पुुष्पकमल दहाल, प्रचण्डले काग्रेससंगको सहकार्य तोडदै एमालेसंग नयां समिकरण बनाए पछि जसपाका अध्यक्ष उपेन्द्र यादव आफै उपप्रधानमन्त्री सहित स्वास्थयमन्त्री भएका थिए । यादव आफै सरकारमा जान लाग्दा पार्टी भित्र त्यसको तीव्र विरोध समेत भएका थिए । तर यी विरोधहरुलाई वेवास्ता गर्दै यादव सरकारम सहभागी भए ।
सरकारका मन्त्रीका हैसियतमा यादव अघिल्ला हप्ता अमेरिका नै रह्दा जुपा नेपाल नेपाल फुटको थियो । फुट पछि यादवले तत्कालै सरकार नछाडने बताएका थिए । तर माओवादी र एमालेले मधेश प्रदेशम जसपाको मुख्यमन्त्रीको सरकारवाट बाहिरिदै समर्थन फिर्ता लिए पछि यादव सरकारवाट अन्न्तह बाहिरिएका छन ।