भरतपुरमा विद्यार्थी लिन हिँडेको स्कुल बसमा पेट्रोल बम प्रहार – Nepalboli

भरतपुरमा विद्यार्थी लिन हिँडेको स्कुल बसमा पेट्रोल बम प्रहार

   २०८१ बैशाख ३०, आईतवार  

भरतपुर २० दद्राहानी पुलमा विद्यार्थी चढ्ने बसमा पेट्रोल बम प्रहार भएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । घटना बिहान साढे ८ बजे भएको हो ।

बम प्रहारबाट आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । ६ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार भएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अखिल नेपाल क्रान्तिकारी लेखिएको पर्चा भेटिएको छ । पर्चामा ६ वटामा माग लेखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै