संसद बैठकबारेमा सभामुखद्धारा सचेतकहरूसँग छलफल – Nepalboli

संसद बैठकबारेमा सभामुखद्धारा सचेतकहरूसँग छलफल

   २०८१ बैशाख २७, बिहीबार  

सचेतकहरूसँग सभामुख देवराज घिमिरेको छलफल गरेका छन । सभामुख घिमिरेले शुक्रबारबाट सुरु हुने प्रतिनिधि सभाको बैठकलाई सौहार्द बनाउने प्रयास स्वरुप छलफल गरेको जनाएका छन । यसअघि शीर्ष नेताहरूसँग छलफल गरेका सभामुख घिमिरेले बिहीबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका हुन् ।

बिहीबारको छलफलमा सभामुख घिमिरेले पहिलो दिन सबै दलका शीर्ष नेताहरूलाई बोल्न दिने सम्भावित कार्यसूचीको विषयमा जानकारी गराएका थिए ।

तर कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌‌मा सुन्न पार्टीले आधिकारिक रूपमा निर्णय लिनुपर्ने बताएको छ । कांग्रेस संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै