विश्वासको मत असंवैधानिक भएको भन्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीले हाले सर्वोच्चमा रिट
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। गण्डकी प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका हुन्। रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको उल्लेख गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त विवादको सुनुवाइ यही वैशाख २७ गते हुने तय भएको छ।
विश्वासको मत लिँदा प्रदेश सभाको बहुमतको गणना अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको रिट निवेदनमा छ। उक्त प्रदेशसभामा ६० सदस्य रहेकोमा ३० मत मुख्यमन्त्री अधिकारीले पाएका पाएका थिए। बहुमत पुग्नका लागि ३१ मत हुनुपर्ने रिट निवेदनमा दाबी गरिएको छ।