जसपाबाट विभाजित अशोक राई पक्षले भन्यो- सरकारलाई समर्थन रहिरहन्छ
जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई पक्षले आफूहरू वर्तमान गठबन्धनको पक्षमा रहेको बताएको छ । निर्वाचन आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले पत्रकारहरूसँग कुरा गर्दै वर्तमान सरकारलाई समर्थन रहने बताए ।
नयाँ पार्टीको संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठलाई बनाइएको छ । उनले भने, ‘उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजे । त्यसले अस्थिरता ल्याउने भयो । त्यसैले यो कदम चाल्नु परेको हो ।’
पार्टी विभाजनको लागि निर्वाचन आयोगमा मन्त्रीसहित गएका थिए ।
सरकारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री छन् । नवलकिशोर साह सुडी वन तथा वातावरण मन्त्री छन् ।