कीर्तिपुर अस्पताल अगाडि बस दुर्घटना, प्राध्यापकको मृत्यु
काठमाडौंको कीर्तिपुरमा आइतबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । कीर्तिपुर–रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको हो । वर्ष ४२ का ठेगाना नखुलेका प्राध्यापक डा।गोविन्द रिजालको मृत्यु भएको हो ।
प्रा डा रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् । अन्य तीन घाइतेको उपचार भइरहेको छ । घाइते हुनेहरूमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा छन् । लामालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ ।