उपनिर्वाचनको समीक्षा गर्न रास्वपाले सचिवालय बैठक बस्दै – Nepalboli

उपनिर्वाचनको समीक्षा गर्न रास्वपाले सचिवालय बैठक बस्दै

   २०८१ बैशाख २१, शुक्रबार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक दिँउसो साढे ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । उपनिर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

पार्टीको सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै