विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै – Nepalboli

विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

   २०८१ बैशाख २१, शुक्रबार  

आज मे तीन तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको हो । यस वर्षको नारा ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ तय गरिएको छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सिर्जनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै