उपराष्ट्रपति र युरोपेली सङ्घका राजदूतबिच भेट – Nepalboli

उपराष्ट्रपति र युरोपेली सङ्घका राजदूतबिच भेट

   २०८१ बैशाख २०, बिहीबार  

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू) का राजदूत भेरोनिक लोरेज्नोले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति यादव र ईयूका राजदूत लोरेज्नोबिच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट भएको हो ।

भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तनलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र ईयूबिच सन् १९७४ यता कायम रहेको घनिष्ठ, सौहार्द्रपूर्ण एवम् मैत्रीपूर्ण सम्बन्धबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्नुहुँदै नेपालले ईयूसँगको साझेदारीलाई उच्च महत्त्व दिँदै आएको बताउनुभयो ।

‘‘यो वर्ष हामीले नेपाल र ईयूबिच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सव मनाइरहेका छौँ । यस सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।,’’ उहाँले भन्नुभयो, ‘‘ईयू नेपालको प्रमुख विकास साझेदार हो । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ र ग्रामीण विकासमा ईयू समर्थित कार्यक्रमहरू हाम्रा लागि उपयोगी र महत्त्वपूर्ण छन् । मलाई आशा छ अगामी दिनहरूमा सहयोगको दायरा र परिमाण नेपालका उत्पादनशील क्षेत्रहरूमा विस्तार र वृद्धि हुँदै जानेछन् ।’’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै