गर्मी बढेपछि बुटवलका सबै विद्यालय बन्द – Nepalboli

गर्मी बढेपछि बुटवलका सबै विद्यालय बन्द

   २०८१ बैशाख २०, बिहीबार  

अत्याधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालय बिदा दिएको छ । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले आज र भोलि बिदा दिएको हो ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा केही दिन यता तातो हावा चल्न थालेकोले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै