हिमाल आरोहणबाट दुई महिनामा ६३ करोड ५७ लाख राजस्व सङ्कलन – Nepalboli

हिमाल आरोहणबाट दुई महिनामा ६३ करोड ५७ लाख राजस्व सङ्कलन

   २०८१ बैशाख २०, बिहीबार  

यस महिना मात्र हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन भएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३० वटा हिमाल आरोहणका लागि लिइएको सलामी दस्तुर अर्थात् आरोहण शुल्क बापत उक्त रकम सङ्कलन भएको जनाएको छ ।

मार्च १ देखि अप्रिल २९ गतेसम्म यो राजश्व जम्मा भएको विभागका शाखा अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिएको छ । यी मध्ये सबै भन्दा धेरै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपियाँ राजस्व सगरमाथा हिमालबाट मात्र सङ्कलन भएको छ ।

यो अवधिभर १०२ वटा आरोहण दलबाट ९१५ जना आरोहीले हिमाल आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै