भारतीय राजदूतावासद्धारा पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिटको आयोजना – Nepalboli

भारतीय राजदूतावासद्धारा पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिटको आयोजना

   २०८१ बैशाख १८, मंगलवार  

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा काठमाडौंमा आज ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ को आयोजना गरेको थियो । ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) र नेपाल–भारत उद्योग वाणिज्य संघका ३५ जना प्रतिनिधिले सहभागीता जनाएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष श्रीमती सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् ।

मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्व रहेको बताउनुभयो ।

लगानी बोर्डका उपसचिव श्री रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गर्नुभयो । मिति २०८१ वैशाख १६–१७ गतेसम्म बसेको तेस्रो नेपाल लगानी सम्मेलनमा फलदायी छलफलमा सहभागी भएका कैयौ व्यक्तिगत व्यवसायका साथै एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका ५० भन्दा बढी सदस्यीय बलियो भारतीय प्रतिनिधिमण्डलको प्रशंसा गर्नुभयो ।

उक्त बीटूबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर समेत सम्पन्न भयो । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुका लागि लगानी सम्मेलनको एकदिन अगाडी नेपालका माननीय अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गर्नुभएको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो । सो पुस्तिका जततउकस्ररधधध।ष्लमझदपबतजmबलमग।नयख।ष्लरमयअकरक्ष्लखभकत५द्दण्ष्ल५द्दण्ल्भउब)िमण्द्दण्५द्दण्९ाष्लब०ि।उमा।मा गएर डाउनलोड गर्न सकिन्छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै