राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण – Nepalboli

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

   २०८१ बैशाख १६, आईतवार  

राष्ट्रिय सभा सदस्य डा अञ्जान शाक्यले शपथग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतबार सिंहदरबारमा एक समारोहका बिच पूर्वराजदूत समेत रहनुभएका उहाँले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गर्नुभएको थियो । त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लागो हस्तातरण गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाइ दिनुभएको थियो । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उहाँलाई बधाइ दिनुभएको थियो । शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताउनु भयो ।

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाउनुभएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै