मधेश प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण – Nepalboli

मधेश प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

   २०८१ बैशाख ६, बिहीबार  

मधेश प्रदेश सरकारले आज तीन जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेको छ ।  मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । राज्यमन्त्रीलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराउनुभयो ।

महोत्तरी क्षेत्र नं १ (२) बाट निर्वाचित माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह बिना विभागीय, रौतहट क्षेत्र नं ४ (१) बाट निर्वाचित माओवादीका प्रदेश सभा सदस्य युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा (एस) बाट सर्लाही निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित बिना विभागीय मन्त्री बेची लुङ्गेली र शारदा थापालाई जिम्मेवारी दिइएको छ ।

नेकपा (एमाले) बाट महोत्तरी क्षेत्र १ (१) बाट राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुनमन्त्री हुनुहुन्छ । बाँकी मन्त्रीको मन्त्रालय पछि तोकिने मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिव चन्द्रेश्वर महतोले जानकारी गराउनुभयो ।

मुख्यमन्त्री सरोजकुमार यादवले वैशाख ४ गते चौथो पटक विश्वासको मत लिएपछि आज मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । जनमत, लोसपा र नेपाली कांग्रेसले छाडेको मन्त्रालय माओवादी केन्द्र नेकपा (एस) र एमालेलाई दिएर मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै