गण्डकीको मुख्यमन्त्री नियुक्ती मुद्दामा अग्राधिकार सहित अन्तरिम आदेश – Nepalboli

गण्डकीको मुख्यमन्त्री नियुक्ती मुद्दामा अग्राधिकार सहित अन्तरिम आदेश

   २०८० चैत्र २८, बुधबार  

१० गते पूर्ण सुनुवाइ हुने

गण्डकी प्रदेशमा भएको मुख्यमन्त्री नियुक्ती सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले अग्राधिकार सहित अन्तरिम आदेश जारी गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार एमाले नेता खगराज अधिकारीलाई सभामुखसहित गणनाका आधारमा मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

मंगलबार दिइएको रिट उपर बुधबार दुबैतर्फबाट बहस सकेर कारण देखाऊ आदेश जारी भएको हो । न्यायाधीश विनोद शर्माको इजलासले वैशाख ७ गतेभित्र लिखित कारण दिन आदेश दिएको हो । सरकार शून्यताको अवस्था सृजना हुन दिन समेत नमिल्ने भएकोले रिटको टुंगो नलाग्दासम्म अधिकारीलाई नै काम चलाउन आदेश दिइएको छ । ‘प्रदेश सरकारबाट प्रस्तुत निवेदन पत्र टुंगो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ । यो आदेशको जानकारी प्रत्यर्थीहरूलाई दिनू,’ आदेश जारी गरिएको छ ।

शर्माले उक्त विवाद निरूपण छिटो गर्नुपर्ने भएकोले वैशाख १० गतेको पेसी तोक्न आदेश दिएका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै