मुख्यमन्त्री कँडेलेद्वारा पद तथा गोपनीयताको शपथ – Nepalboli

मुख्यमन्त्री कँडेलेद्वारा पद तथा गोपनीयताको शपथ

   २०८० चैत्र २८, बुधबार  

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको समर्थनमा कँडेललाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रदेश प्रमुख परियार समक्ष मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ लगत्तै कँडेलले बुधबार नै पदभार ग्रहण गर्नुभएको छ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै