गण्डकी कृषि विकास निर्देशनालयका तत्कालीन प्रमुख पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepalboli

गण्डकी कृषि विकास निर्देशनालयका तत्कालीन प्रमुख पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

   २०८० चैत्र २७, मंगलवार  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न प्राप्त भएको अनुदानमा हिनामिना गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

आरोपपत्रमा पोखरेलसहित कृषि विकास निर्देशनालयका इन्जिनियर विश्वनाथ पौडेल, निर्देशनालयका तत्कालीन कृषि अर्थविज्ञ ९शाखा प्रमुख० भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परसुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ, गल्याङ्ग ३ का महेन्द्र कुमार भन्ने श्रीप्रसाद श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुविरुद्ध कानुनबमोजिम सजाय माग गरिएको आयोगले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै