सुदूरपश्चिममा नउपाकी सांसद इन्दिरा गिरी पदमुक्त
नागरिक उन्मुक्ति पार्टी नाउपाकी सुदूरपश्चिम प्रदेशकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद गिरी पदमुक्त भएको सूचना जारी गरेका हुन्। अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले सुदूरपश्चिममा तनावपूर्ण रुप लिएको हो ।
अध्यक्ष श्रेष्ठले केही दिनअघि समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गराएकी थिइन् । सोही पत्रका आधारमा सभामुखले सोमबार उनलाई पदमुक्त गरेको प्रदेश सभा सचिव देवबहादुर बोगटीद्वारा जारी सूचनामा उल्लेख छ ।
गिरीले पार्टीको निर्देशन नमानेको आरोप अध्यक्ष श्रेष्ठको छ । पार्टीले आधिकारिक निर्णय गरेर सिफारिस गरे प्रदेश सभाले सांसदबाट हटाउन सक्ने प्रावधान छ ।