उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारहरु विरुद्ध परेन उजुरी
वैशाख १५ गते उपनिर्वाचनका लागि उम्मेदवारि दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको थियो । उनीहरूमाथि आइतबार दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि कुनै उजुरी नपरेको हो ।
इलाम–२ का निर्वाचन अधिकृत केशव घिमिरेले इलाम–२ का २० जना उम्मेदवारविरुद्ध कुनैपनि उजुरी नपरेको रातोपाटीलाई बताए । इलाम–२ मा राजनीति दलका १२ र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै बझाङ प्रदेशसभा १ का निर्वाचन अधिकृत सुदर्शन लामिछानेले पनि १२ जना उम्मेदवारमाथि कुनै उजुरी नपरेको बताए ।