काग्रेस नेता जोशीको स्वास्थमा सुधार
मस्तीकघातले स्वास्थ अवस्था जटील भए पछि नर्भिक अस्पतालमा भर्ना भएका पुर्वमन्त्री तथा काग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थयमा सुधार आएको छ । यद्यपी नेता जोशी अझै होसमा भन्ने आउन सकेको छैन । उपचारमा संग्लन डाक्टर राजीव झाका अनुसार शनिवार विहान जोशीको अवस्थामा शुक्रवार भन्दा सुधार भएको जनाएको छ । नेता जोशीका दाजु राजु जोशीका अनुसार डाक्टरले उक्त जानकारी परिवारलाई दिएको छ ।
शुक्रवार दिउसो प्रेससंग कुरा गर्दै डा झाले जोशी वाच्न सम्भावना कायमै रहे पनि अवस्था अत्यन्तै जटील रहेको बताएको थियो ।