संसदीय समिति र परराष्ट्रमन्त्री बिच छलफल
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिती बिहीबारको बैठकमा परराष्ट्रमन्त्री एनपी साउद संग छलफल गरेको छ । बैठकमा परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको चिन भ्रमण सहित पछिल्लो समयमा उठिरहेको चिनीया राजदुतको अभिव्यक्ति वारेमा संसदहरु संग छलफल गरिरहेका छन ।
समितिले प्रधानमन्त्री प्रचण्डलाई बैठकमा उपस्थित हुन भनेका थिए तर उनी अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ ।
परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको समितिमा बताएका छन् ।
भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताउँदै उनले भने, ‘अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’