योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त – Nepalboli

योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त

   २०८२ चैत्र २४, मंगलवार  

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। गुणाकर भट्टलाई नियुक्त गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डोटी निवासी डा भट्टलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले राष्ट्र बैँकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरिएको बताउनुभयो ।

मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थको बढ्दो मूल्य र आपूर्तिमा देखिएको चापलाई सम्बोधन गर्न विशेष प्याकेज घोषणा गरेको छ । मन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पछिल्लो १५ दिनमा मात्रै नेपाल आयल निगम ११ अर्ब रुपियाँभन्दा बढी घाटामा गएकाले मूल्य समायोजन र कर छुटको बाटो अपनाउनुपरेको सरकारको भनाइ छ ।

इन्धनको खपत घटाउन र आपूर्ति सहज बनाउन सरकारले आम नागरिकलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन र सम्भव भएसम्म घरबाटै कार्य सम्पादन (वर्क फ्रम होम) गर्न आह्वान गरेको छ । अवस्था जटिल बनेमा सवारी साधनमा जोर–बिजोर प्रणाली समेत लागु गर्न सकिने मन्त्री रावलले जानकारी दिनुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै