कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छ- सांसद आङ्देम्बे – Nepalboli

कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छ- सांसद आङ्देम्बे

   २०८२ चैत्र १९, बिहीबार  

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले पार्टी जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताउनुभएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको बैठकपछि बिहीबार बसेको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

समयको माग अनुसार नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ ढंगले अगाडि बढेको जानकारी गराउनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । सदनको पहिलो बौठकलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्‍याउन पतिबद्ध छ । कांग्रेस परिवर्तनको पक्षमा छ । त्यही परिवर्तनलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनपछि नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर अगाडि बढेको छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै