नेकपा संसदीय दलको नेतामा संयोजक प्रचण्ड सर्वसम्मत चयन – Nepalboli

नेकपा संसदीय दलको नेतामा संयोजक प्रचण्ड सर्वसम्मत चयन

   २०८२ चैत्र १५, आईतवार  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको सांसद बलावती शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई दुई घण्टाको अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ । नवनिर्वाचित सांसदहरूलाई पार्टी संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता भीम रावलले बधाई ज्ञापन गर्नुभएको थियो ।

सांसद शर्माले भन्नुभयो, “पार्टीको संसदीय दलको बैठकले आज संसदीय दलको नेता सर्वसम्मत ढङ्गले चयन गर्‍यो । हामीले पार्टी संयोजकलाई संसदीय दलको नेतामा चयन गरेका छौँ ।” उहाँले अगाडि भन्नुभयो, “हामी प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले दुई जना विज्ञबाट अभिमुखीकरण तालिम पनि लियौँ । त्यसबाहेक भर्खरै निर्वाचित सदस्यहरूलाई नेताहरूले बधाई दिनुभयो ।” बैठकले संसद्‍मा प्रभावकारी रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै