रास्वपाका नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम प्रारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन पार्टीका उपाध्यक्षद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका हुन्। ललितपुरको ग्वार्कोस्थित होटेल टुलिपमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूको सहभागिता रहेको छ।
फागुन २१ मा सम्पन्न निर्वाचन परिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट हासिल गरेको छ भने समानुपातिक प्रणालीबाट थप ५७ सांसद निर्वाचित भएका छन्।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार अभिमुखीकरण कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ। सो अवधिमा पार्टी नेतृत्व तथा विभिन्न क्षेत्रका विषय विज्ञहरूले प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।