प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षको मतगणना सम्पन्न, रास्पा १२५ निर्वाचन क्षेत्रमा रास्वपा विजयी – Nepalboli

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षको मतगणना सम्पन्न, रास्पा १२५ निर्वाचन क्षेत्रमा रास्वपा विजयी

   २०८२ फाल्गुन २५, सोमबार  

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी सिट जितेको छ। निर्वाचन परिणामअनुसार रास्वपाले १२५ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।

भावी प्रधानमन्त्रीका रूपमा वालेन्द्र साहलाई अघि सार्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको रास्वपाले प्रत्यक्षतर्फ स्पष्ट अग्रता बनाएको हो । निर्वाचनको नतिजाअनुसार दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ, जसले १८ सिट जितेको छ। नेकपा (एमाले) ले ८ सिट प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ भने नेपाली कम्युनिस्ट पार्टीले ७ सिटमा विजय हासिल गरेको छ।

त्यसैगरी श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट हात पारेको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै