संसद् अवरोध हटाउनका लागी प्रधानमन्त्रीले बोलाए शीर्ष नेताको बैठक – Nepalboli

संसद् अवरोध हटाउनका लागी प्रधानमन्त्रीले बोलाए शीर्ष नेताको बैठक

   २०८० भाद्र ३, आईतवार  

संसद्‌को जारी अवरोध खुलाउनेबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार साढे १२ बजे प्रधानमन्त्री कार्यालयमा छलफलका लागि शीर्ष नेताहरुलाई बोलाइएको छ ।

प्रधानमन्त्रीले सदन लामो समयदेखि नचल्दा महत्वपूर्ण कानुन निर्माणका साथै जनताको आवाज रोकिएकाले छलफलको लागि शीर्ष नेताहरुलाई बोलाएको आचार्यले बताए।

प्रतिनिधि सभाको बैठक आइतबार १ बजेका लागि तोकिएको छ। उक्त बैठकअघि शीर्ष नेताहरुका बीचमा छलफल हुन लागेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै