गौर हत्याकाण्ड बारेमा छानबिन गर्न उच्च स्तरीय संसदीय समिति बनाउन जसपाको माग – Nepalboli

गौर हत्याकाण्ड बारेमा छानबिन गर्न उच्च स्तरीय संसदीय समिति बनाउन जसपाको माग

   २०८० श्रावण २६, शुक्रबार  

जसपाले गौर घटनाका बारेमा बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्न माग गर्दै छानबिन गर्न उच्च स्तरीय संसदीय समिति बनाउन माग गरेको छ । जसपाले शुक्रवार पत्रकार सम्मेला गरेर यस्तो माग गरेका हुन ।

जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति समेत जनाएको छ ।

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार पाँचबुँदे सहमति भएको थियो । आज शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले त्यो सहमतिप्रति आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे ।

जसपा नेता राजकिशोर यादवले गौर घटनामा संलग्न रहेको आरोपमा आफ्ना नेताहरुमाथि राजनीतिक प्रतिशिोधका आधारमा मुद्दा दायर गरिएको र नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप समेत पत्रकार सम्मेलनमा लगाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै