पत्रकारहरुसंग भारतीय राजदुतावासको अनुभव आदानप्रदान कार्यकम आयोजना – Nepalboli

पत्रकारहरुसंग भारतीय राजदुतावासको अनुभव आदानप्रदान कार्यकम आयोजना

   २०८१ चैत्र १३, बुधबार  

भारतीय राजदुतावासले बुधवार गएको माघ २३ देखि फागुन १ गते सम्म परिचयात्मक यात्रामा भारत भ्रमण गरेका नेपालका १२ जना आर्थिक क्षेत्रका पत्रकारहरुका लागि एक समारोहको आयोजना गर्दै उनीहरु संग अनुुभव आदनप्रदान गरेका छन । उक्त पत्रकारहरूले भारतका केहि महच्वपुर्ण संस्थाहरुको साथै रामोजी फिल्म सिटी ठाउहरुको भ्रमण गर्ने अवसर पाएका थिए । यसका अतिरिक्त उनीहरूले महाकुम्भको भ्रमण गर्नुका साथै संगममा डुब्कि समेत लगाए। पत्रकारहरूले भारत र नेपाल बीचको प्रमुख आर्थिक सहकार्य अवसरहरूमा जोड दिँदै आफ्ना अनुभवहरू कार्यक्रममा साझा गरेका थिए ।

कार्यक्रमको क्रममा गएको फागुन १० देखि ११ गते सम्म महाकुम्भको भ्रमण गरेका ६ जना नेपाली पत्रकारहरूको अर्को समूहले पनि आफ्ना आध्यात्मिक अनुभवहरू साझा गरेका थिए ।

कार्यक्रममा माघ २५ देखि २९ गते सम्म भारत मा आयोजित बिमस्टेक युवा शिखर सम्मेलनमा सहभागी भएका नेपालका ९ सदस्यीय युवा प्रतिनिधिमण्डलले पनि सहभागिता जनाएका थिए । कार्यक्रमको क्रममा प्रतिनिधिहरूले सीप विकास, उद्यमशीलता, आर्टिफिसियल इन्टेलीजेन्स, स्टार्टअप र संस्कृति लगायत विभिन्न विषयहरूमा सहभागी भई गरेका छलफलबाट आफ्ना अनुभव र अन्तर्दृष्टिहरू साझा गरे।

भारतीय राजदूत नवीन श्रीवास्तवले विभिन्न क्षेत्रहरूमा भारत र नेपाल बीचको सम्बन्धलाई सुदृढ पार्न र सहकार्यलाई बढावा दिन यस्ता भ्रमणहरूले पार्ने महत्त्वमाथि प्रकाश पार्नुभएका थियो तथा सहभागीहरु अन्तक्रिया गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै