राष्ट्रपतिसमक्ष प्रधान न्यायाधीशद्वारा वार्षिक प्रतिवेदन पेस – Nepalboli

राष्ट्रपतिसमक्ष प्रधान न्यायाधीशद्वारा वार्षिक प्रतिवेदन पेस

   २०८१ फाल्गुन २७, मंगलवार  

प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष प्रकाशमान सिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ। मङ्गलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन पेस गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा १३८ बमोजिम प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै