करेन्ट लागेर दुई जनाको मृत्यु – Nepalboli

करेन्ट लागेर दुई जनाको मृत्यु

   २०८१ असार ११, मंगलवार  

सुनसरी र सप्तरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका १ लौकी घर भई इटहरी उपमहानगरपालिका १३ स्थित रिलायन्स फर्मा पोली प्रालि मिनिरल वाटर बोतल बनाउने कम्पनीमा काम गरी बस्ने २७ वर्षीय अर्जुन कुमार यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही कम्पनी नजिकै रहेको कलबाट पानी तान्ने क्रममा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सप्तरीको सुरूङ्गा नगरपालिका-११ रामपुर बस्ने ५० वर्षीया उर्मिला देवी थरूनीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरले पानी तानेर लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै