नवलपुरमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु
नवलपुरको मध्यबिन्दु नगरपालिका नारायणी नदीमा नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले मध्यबिन्दु नगरपालिका–२ सेहरी गाउँस्थित नारायणी नदी किनारमा बिहान नुहाउन जाँदा ७२ वर्षीय मीनबहादुर थारुलाई गोहीले आक्रमण गरेको बताउनुभयो ।
मृतकको दुवै खुट्टाको घुँडामुनिको मासुको भाग गोहीले खाएको अवस्थामा फेला परेको पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा न।प।९पूर्व०मा ल्याइएको पौडेलले जानकारी दिनुभयो ।
उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्ज चितवनबाट खटी आएका निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा उक्त गोहीलाई नियन्त्रणमा लिई व्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जतर्फ लगिएको छ ।