डुबेर दुई बालकको मृत्युपछि लहान-बलानसेरवासी शोकमा – Nepalboli

डुबेर दुई बालकको मृत्युपछि लहान-बलानसेरवासी शोकमा

   २०८१ असार ६, बिहीबार  

लहान नगरपालिका–१७ बलानसेरका दुई बालक बलान नदीमा डुबेर मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको छ। रितिक चौधरी हिमालयन बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत छात्र थिए। अविनाश सदाय गाउँमै रहेको सामुदायिक विद्यालय बलानेसरमा कक्षा २ मा अध्यनरत थिए। सात वर्षीया रितिक चौधरी र आठ वर्षीय आशिक सदाय मङगलबार दिउँसो १२ बजेतिर घरमा कसैलाई नभनी नजिकै रहेको बलान खोलामा नुहाउन जाँदा डुबेर मृत्यु भएको थियो। बलान नदीको किनारामा रहेको बलानसेर गाउँमा मुसहर समुदाय थारु समुदाय र पहाडे दलितको बस्ती छन्।

अविनाश सदायका आमा कविता सदाय लहानको बजार क्षेत्रमा निर्माण मजदुरको रुपमा काम गर्न गएको थियो र रितिक चौधरीको आमा घरमा काम गरिरहेको समयमा रितिक र आशिक दुबै जना नुहाउन बलान नदी गएका थिए। डुबेको ठाउँमा एक दिन अगाडि बाढी आएर ठूलो ताल बनेको थियो।

नुहान हाम फालेपछि डुबेर मृत्यु भएको खवर गाउँमा फैलिएपछि इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी गएपनि २० फिट जति गहिरो पैनीमा पसेर प्रहरील उद्धार गर्न सकेको थिएन। चार घण्टापछि आंशिक सदायका काका पैनीमा पसेर दुबै बालकालाई मृत फेला पार्नुभएको थियो।

आशिकका बुवा लगन सदायको दुई वर्ष अघि नै मृत्यु भइसकेको छ भने रितिक चौधरीका पिता वैदेशिक रोजगारमा छन्। दुई बालकको मृत्युले बलानसेर गाउँका स्थानीय शोकमा डुबेको स्थानीय मुक्ति चौधरीले बताउनुभयो।

‘लहान नगरपालिका विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट उत्पन्न हुने जोखिमको बारेका जनचेतनाका कार्यक्रम गरेको भए बलानसेरका दुई बालकको मृत्यु हुने थिएन। यस विषयमा लहान नगरपालिका विपद व्यवस्थापन समिति अब यस्तो घटना नदोहोरियोस त्यसको लागि सचेत हुनु आवश्यक छ’, लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीले भन्नुभयो।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै