कांग्रेसले बोलायो संसदीय दलको बैठक
नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे बोलाइएको छ। संसदीय दलको बैठक सोही दिन ३ बजे बस्ने गरी बोलाइएको कांग्रेसले जनाएको छ ।
संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेता शेरबहादर देउवाको कार्यकक्षमा बस्नेछ भने संसदीय दलको बैठक संसद् भवनमा रहेको लोत्से हलमा बस्नेछ।