सह्कारी सम्बन्धी संसदीय छानबिन समितिद्धारा कानुनी परामर्श – Nepalboli

सह्कारी सम्बन्धी संसदीय छानबिन समितिद्धारा कानुनी परामर्श

   २०८१ असार ५, बुधबार  

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ । बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरुसँग परामर्श गरेको जानकारी दिए ।

उनले कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरुमा छलफल भएको बताए ।

आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको उनले बताए । साथै, आन्तरिक प्रतिवेदनहरु संकलनका काम जारी रहेको पनि उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै