एक महिनामा राष्ट्रिय मुक्ति क्रान्तिद्धारा सय ओटा कार्यक्रम सम्पन्न
राजेन्द्र महतोले नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको दोस्रो चरणको कार्यक्रम अन्र्तगत गएको एक महिनामा एक सय ओटा कार्यक्रमहरु देशव्यापीरुपमा सम्पन्न गरेको जनाएको छ । अभियानले गएको १ जेठमा पत्रकार सम्मेलन गरेर असार ४ गते सम्मका लागी एक सय एक ओटा कार्यक्रमहरु गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए ।
त्यही घोषीत कार्यक्रम अनुसार १ असार सम्ममा क्रान्ति अभियानले एक सय ओटा कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ४ असारको कार्यक्रम तत्काललाई स्थगीत गर्दै अभियानले पछि गर्ने जनाएका छ ।
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दोश्रो चरणको कार्यक्रमहरू सम्पन्न गर्ने कार्ययोजना वमोजिम देशभरी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण नेता, अभियन्ता, जनसमुदाय तथा सहयोगी, शभेच्छुक, शुभचिन्तक, पक्रकारहरूलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेका छन् ।
क्रान्ति अभियानले यो क्रममा पुर्व देखि पश्चिम सम्मको ४४ ओटा जिल्लाहरुमा प्रशिक्षण, संवाद, अन्तक्रिया तथा प्रर्दशनहरु लगायतका कार्यक्रमहरु गरेका छन । अभियानका संयोजक महतो ताप्लेजुड, विराटनगर, लालबन्दी, घोराही सहित बुर्तिबाड लगायतका ठाउमा आफै सहभागी भएका थिए ।