कृषि विकास सहकारीका सञ्चालक थापासहित ४ जना पक्राउ – Nepalboli

कृषि विकास सहकारीका सञ्चालक थापासहित ४ जना पक्राउ

   २०८१ असार २, आईतवार  

कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरिएको स्रोतले बताएको छ ।

आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ। थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन् । सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश ९टीओआर० मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।

थापा संलग्न कृषि सहकारीको पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ। समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका २९ सहकारी संस्थाको नाममा उक्त सहकारीको नाम उल्लेख गरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै