मुलुकको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड – Nepalboli

मुलुकको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड

   २०८१ जेष्ठ ३२, शुक्रबार  

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्ने बताउनुभएको छ । आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता ताथ कार्यकतालाई पार्टीमा फर्किन आग्रह गर्नुभयो । “कसैप्रति भेदभाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ”, उहाँले भन्नुभयो । अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै