राष्टिय मुक्ति क्रान्ति अभियानको आज पाच जिल्लामा अन्तक्रिया र प्रशिक्षण
एक महिने देशव्यापी प्रशिक्षण तथा अन्तक्रिया कार्यकम गर्ने घोषणा गरेको राष्टिय मुक्ति मोर्चा अभियानले आज मगलवार पाच जिल्लामा कार्यक्रमहरु राखेका छन । अभियानले आज पाचथरको फिदेन, सल्यागंको श्रीनगर, सिन्धुलीको मरिनछाप, धनुुषाको जनकपुरधाम र काठमाडौको थानकोटमा कार्यकम राखेका छन । यी कार्यक्रमहरुमा सिन्धुली र सल्यागमा प्रशिक्षण राखिएको छ भने वाकी ठाउमा अन्तक्रिया कार्यक्रम राखिएको अभियानले जनाएको छ ।
गएको शनिवार काठमाडौमा पत्रकार सम्मेलन गरेर अभियानले ४ जेठ देखि ४ असार सम्ममा देशभर एक सय एक कार्यक्रम गर्ने घोषणा गरेका थिए । जस अनुसार अभियानका केन्द्रिय नेताहरु देशभर खटिएका छन । अभियानले यो विचमा पुर्व दखि पश्चिम सम्मको प्रमुख आठ सहरमा शक्ति प्रर्दशन समेत गर्ने जनाएको छ ।
अभियानले ४ असारमा काठमाडौमा सबै भन्द्या वृह्त शक्ति प्रर्दशनका कार्यक्रम राखेका छन ।