उपेन्द्र यादवको दुवै रिट आज पेशीमा – Nepalboli

उपेन्द्र यादवको दुवै रिट आज पेशीमा

   २०८१ जेष्ठ ८, मंगलवार  

जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेका दुई थान रिट निवेदन सुनुवाइका लागि मंगलवार पेशीमा चढेको छ । यादवले दल विभाजन र विभाजनपछि बनेको दलका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न दायर गरेका दुवै रिटको पेशी एकै दिन तोकिएको हो ।

दल विभाजन विरुद्ध दायर भएको रिटको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको इजलासमा तोकिएको छ। यसअघि इजलासले नै आजको मिति तोकेको थियो । यादवको उक्त मुद्दा २५ नम्बरमा पेशी रहेको छ।

यो मुद्दाअघि न्यायाधीशहरूको एकल इजलास पनि तोकिएकाले हेर्न भ्याउने सम्भावना न्यून रहेको छ। दल विभाजनको निर्णय विरुद्ध यादवले निर्वाचन आयोग समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

त्यस्तै यादवले दायर गरेको दोस्रो रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा पेशी रहेको छ । मुसलमानको एकल इजलासमा यादवको मुद्दा दोस्रो नम्बरमा रहेको छ। सोमबार हेर्न नभ्याउने हुँदै स्थगित भएकाले आजको पेशी प्राथमिकतामा परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै