सत्तामा बस्नेले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन- प्रदीप पौडेल – Nepalboli

सत्तामा बस्नेले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन- प्रदीप पौडेल

   २०८१ जेष्ठ ३, बिहीबार  

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेले प्रश्न गर्न नमिल्ने बताउनुभएको छ। बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेस प्रमुख प्रतिपक्ष रहेको र काँग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेले काँग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताउनुभयो। उहाँले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको पनि बताउनुभयो। उहाँले अनियमितताविरुद्ध आवाज उठाउँदा काँग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाउनुभयो । उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयका विरुद्धमा आफू अदालत भन्दा पनि माथि रहेको झैँ आलोचना गरिरहेको आरोप लगाउनुभयो।

सांसद पौडेलले नेपाली काँग्रेसले बेथितिलाई अन्त्य गर्ने मुख्य विषय बनाएर जानुपर्ने बताउनुभयो।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै