कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री थापा बिच छलफल
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा बिच आज बिहान कोइरालाको सचिवालय बिशालनगरमा भेटघाट भएको छ । नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट भएको उनको सचवालयले जनाएको छ ।
भेटघाटमा कोइराला र थापा बिच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो । भेटमा महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी समेत गराएका थिए ।