कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश – Nepalboli

कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

   २०८१ बैशाख २८, शुक्रबार  

सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुबै पक्षसँग छलफल गर्ने र विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दै जेठ ९ गते पूर्ण सुनुवाइ हुने मिति तोकेको छ ।

सर्वोच्च्को आदेशमा भनिएको छ , ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश भएको मितिले (१०) दश दिनभित्र थाम्ने थमाउने म्याद कायम नरहने गरी पठाउनु । यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विषयवस्तुको गाम्भीर्यताका कारण मिति २०८१।२।९ को पेशी समेत तोकी सोको जानकारी महान्यायाधिवक्ताको कार्यालय, मुख्य न्यायाधिवक्ता कार्यालय तथा निवेदनमा उल्लिखित दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नु ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै